काठमाडौँ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा सांसदहरूले विभिन्न प्रश्न तथा सुझाव राखेका थिए। जवाफमा मन्त्री गौतमले सम्झौता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ नगर्ने बताइन्।
उनले प्राकृतिक विपत्ति, जलवायु परिवर्तन तथा वातावरणीय विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। साथै, विधेयक तयार गर्दा आदिवासी जनजातिका मौलिक सवाललाई समेट्ने सरकारको तयारी रहेको जानकारी दिइन्।

