७.०६ अंक बढ्यो नेप्से

काठमाडौँ । साताको कारोबारमा नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ अंकमा कायम भएको छ। बजारमा कारोबार रकमसमेत बढेर ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो।

समूहगत रूपमा अन्य समूह १.३६ प्रतिशतले बढेर अगाडि रह्यो। जीवन बीमा ०.८२, लगानी ०.४८, माइक्रोफाइनान्स ०.४८, विकास बैंक ०.४३ र बैंकिङ समूह ०.३५ प्रतिशतले बढेका छन्।

यता फाइनान्स ०.५२ र व्यापार ०.९३ प्रतिशतले घटेका छन्। बजारमा १३७ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनी घटेका छन् भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएन।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको