प्रतिनिधिसभामा आज विभिन्न विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएसँगै आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन्। आजको कार्यसूचीअनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष र भुक्तानी तथा फस्र्यौटसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक अघि बढाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसबीच, संघीय संसद् सचिवालयले आजका लागि तय भएका विभिन्न समितिका बैठकहरू स्थगित गरेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको