काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
महासंघले विज्ञप्तिमार्फत यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था तथा मौसमसम्बन्धी जानकारी अनिवार्य रूपमा लिन र अत्यावश्यक नपरेसम्म लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको हो। साथै, रातिको समयमा यात्रा नगर्न पनि महासंघले आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि गरेको अनुरोधलाई ध्यानमा राख्दै आफ्ना सदस्यलाई आवश्यक सावधानी अपनाउन सचेत गराइएको महासंघले जनाएको छ।

