ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क-८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिककाे मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको