काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका आठ स्थानीय तहमध्ये छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।
नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव कृष्णबहादुर अधिकारीका अनुसार बेँसीसहर नगर सभापतिमा पूर्णबहादुर थापा (अर्जुन), सुन्दरबजारमा उत्तम गुरुङ, मस्र्याङ्दी गाउँपालिकामा लोकनाथ घिमिरे, दूधपोखरीमा कमलप्रसाद धिताल, दोर्दीमा लालबहादुर गुरुङ र क्व्होलासोथरमा राजु गुरुङ चयन भएका छन्।
मध्यनेपाल र राइनास नगरपालिकामा सभापतिका आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि नेतृत्व चयन हुन सकेको छैन। सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने र आवश्यक परे असोज १० गतेपछि पनि अधिवेशन प्रक्रिया अघि बढ्न सक्ने सचिव अधिकारीले बताएका छन्।

