पाँचथरमा राति सवारी आवागमन बन्द

काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै सडकमा सवारी आवागमन रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सम्भावित बाढीपहिरोलगायत जोखिमलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको