काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मनोहरा खोलाको पानीको बहाव बढेपछि स्थलगत निरीक्षणमा पुगेका छन्।
मनोहरा खोलाको पानीको सतह बढेर एमाले पार्टी कार्यालय क्षेत्रको सडक तहसम्म पुगेपछि मन्त्री गुरुङले स्थलगत अवस्थाको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तथा आवश्यक सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

