सिन्धुपाल्चोकमा राति सवारी आवागमन बन्द

सिन्धुपाल्चोक । निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सिन्धुपाल्चोकका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज ८ गतेदेखि १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

मौसम पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

आपत्कालीन अवस्थामा मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको