खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी ५८ वर्षीया बेगमाया दमाईको खोलाले बगाउँदा मृत्यु भएको छ। लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा उनलाई खोलाले बगाएको थियो।

खोलाले करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए। उद्धार गरिएकी दमाईको मृत्यु भएको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको