काभ्रे । अरनिको राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि सवारीसाधनको आवागमन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाडौं आउँदै गरेका सवारीसाधनलाई पाँचखाल, खावा र दोलालघाट क्षेत्रमा रोकिएको छ भने काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनलाई बनेपा र धुलिखेल क्षेत्रमा रोकिएको छ।
राजमार्गको विभिन्न स्थानमा पहिरो तथा सडक अवरोध भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ। सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।

