कालीगण्डकीले पुल बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगाएपछि वडा नम्बर २, ३ र ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर–३ को फगाममा एउटा घर पहिरोमा पुरिएका छन्। पुरिएका घरमा रहेका दुई जनाको खोजी भइरहेको जनाइएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकीले सडक कटान गरेको छ भने अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको