अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा अतिरिक्त तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ।

एक महिनाको अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। यस उपकरणको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी हुनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा भाग लिन सक्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको