कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहको मिति दुई दिनपछि सारेको छ। यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन समारोह अब असोज १८ गते हुने भएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना गरिने जानकारी दिएका हुन्।

कांग्रेसका अनुसार भारी वर्षाका कारण देशका विभिन्न स्थानमा असहज परिस्थिति सिर्जना हुँदा केही निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको छ।

ती अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्न थप समय लाग्ने देखिएपछि महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको पार्टीले जनाएको छ।

यसअघि असोज १६ गते उद्घाटन गर्ने तयारी गरेको कांग्रेसले अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा समारोह आयोजना गर्ने निर्णय गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको