सांसदहरूलाई विज्ञता र अनुभव अनुसार देश विकासमा योगदान दिन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप, विज्ञता र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ सोच र विकासका विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

उहाँले सांसदहरू नीति निर्माणको महत्वपूर्ण तहमा रहेकाले आफ्नो प्राविधिक दक्षतालाई देश विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो। साथै, पार्टी राजनीतिसँगै आफ्नो व्यावसायिक पहिचान र विज्ञतालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित भएर दीर्घकालीन नीति निर्माणमा योगदान गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको