काठमाडौं । साताको कारोबारको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ४.८२ अंकले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्सेटिभ परिसूचक २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ। आज १३ उपसमूहमध्ये तीन बढ्दा १० उपसमूह घटेका छन्।
कुल १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ। आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले कमाउँदा सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर र सोपन फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन्।

