काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

