नेप्से ०.२६ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ।

बिहीबार १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ५१ हजार ७४५ पटक कारोबार हुँदा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

यस दिन सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ।

सम्बन्धित खवर