भोटेकोशी बाढीका पीडित परिवारसँग अर्थमन्त्री वाग्ले : ‘दैनिक जीवन र भविष्य सहज बनाउन सहयोग गर्छौं’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी दिवंगत तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारको दैनिकी र भविष्य सहज बनाउन सरकारले प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभएको छ।

बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारसँग भेट गर्दै उहाँले अकल्पनीय विपत्तिका कारण भएको अपूरणीय क्षतिपूर्ति कुनै कुराले पूरा गर्न नसक्ने भए पनि परिवारको शिक्षा, भरणपोषण र रोजगारीका विषयमा आवश्यक सहयोग गरिने बताउनुभयो।

मन्त्री वाग्लेले परिवारका सदस्यहरूले उठाएका मागलाई कानुनी व्यवस्थाअनुसार तत्काल कार्यान्वयन गर्ने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

भेटका क्रममा परिवारका सदस्यहरूले तयार पारेको प्राथमिक तहको मागपत्रसमेत मन्त्री वाग्लेलाई बुझाएका थिए। उहाँले मागपत्रमा उल्लेखित विषयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने बताउनुभयो।

बेपत्ता कर्मचारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिँदै उहाँले पीडित परिवारलाई आवश्यक सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन दिनुभयो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारी परेका थिए। नकुल शर्माको शव फेला परेको भए पनि अन्य १४ कर्मचारी अझै सम्पर्कविहीन छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको