काठमाडौँ । सेयर बजार परिसूचक नेप्से आज ११.९० अंकले घटेको छ। बजार ०.४५ प्रतिशतले घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।
आज कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। नेप्सेका अनुसार ३५६ धितोपत्रको ४३ हजार ६८५ पटक कारोबार हुँदा १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर कारोबार भएको छ।
म्युचुअल फन्ड र व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहमा ०.७३ प्रतिशतको गिरावट आएको छ।
बढ्नेमा एनएमबी डिबेन्चर १४.२९ प्रतिशतसहित अगाडि रह्यो भने एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढेको छ। घट्नेमा सिन्धु विकास बैंक ८.५५ प्रतिशतले अगाडि रहेको छ।

