आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन्।

जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै यादवले प्राप्त उपलब्धिको रक्षा तथा अधिकार र पहिचानका लागि फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था आएको बताए।

नेपालमा अझै पनि मधेसी समुदाय उत्पीडनमा रहेको दाबी गर्दै उनले अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे। जनमत पार्टी र जसपा नेपालका धेरै विषयमा समान धारणा रहेको उल्लेख गर्दै यादवले आपसी सहकार्यलाई अघि बढाउनुपर्ने बताए।

यादवले अधिकार र पहिचानका लागि आफूहरूले अग्रगामी मोर्चा गठन गरी एकसाथ अघि बढ्ने प्रयास गरिरहेको बताए। उनले मधेस आठ जिल्लामा मात्र सीमित नरहेको उल्लेख गर्दै मेचीदेखि महाकालीसम्मको भूभाग मधेस रहेको धारणा राखे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको