काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता असोज १९ गते सोमबार हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सकिनेछ। तोकिएको समयभित्र योग्य केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने समितिले जनाएको छ।
निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनसम्बन्धी विस्तृत कार्यक्रम पछि सार्वजनिक गर्ने जनाएको छ। मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

