उम्मेदवारको सूचीमा आफ्नो नाम जोडेर प्रचार नगर्न गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरेका छन्।

पार्टीको आन्तरिक निर्वाचन स्वस्थ लोकतान्त्रिक प्रक्रिया भएको बताउँदै थापाले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन्।

प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएकोमा क्षमा माग्दै उनले सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको