काठमाडौँ । दशैंमा घर फर्किने यात्रुको सुविधाका लागि सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुकिङ सुरु हुने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा टिकट काट्न चाहने यात्रुको भीड देखिएको छ।
यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको जनाएको छ। कम्पनीका अनुसार यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।
यसअघि असोज २० गते यातायात व्यवस्था विभागमा बसेको विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर प्रतिनिधिको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

