कानुनी अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 भक्तपुर सम्बादाता /राजन कुमार भट्टराई

भक्तपुर / सुर्यविनायक नपरपालिका बाट दस बटै वडाका वडा स्तरीय अपाङ्गता समन्वय समिति तथा सरोकारवालाहरु समेतलाई लक्षित गरि  एक दिने कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरेको छ।

दान दया र विचाराका सहानुभूति भन्दा पनि सीप मुलुक तालिम प्राप्त गरि स्व रोजगारीको पहिचान सहितको सम्मान जनक जीवन यापनमा सहभागिहरुल्र जोड दिनुभएको थियो ।
उक्त कार्यक्रममा सम्बिधान मार्फत राज्यले   दिएका कानुनी  अधिकार र अपांगता भएका ब्यक्तिका हक-हित बारेमा सरल भाषामा प्रष्ट  स्पष्ट  जानकारी दिइएको थियो ।
सुर्यविनायक नगरपालिकाले अपाङ्गता भएका ब्यक्ति लक्षित सिपमुलक तालिम ,स्वास्थ्य परिक्षण ,सरल जिवनयापनका लागि आबस्यक सहयोगी सामग्री प्रदान गर्दै आएको छ ।
हामीलाई यस अर्थमा पनि गौरव लाग्छ कि नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भट्टराई, सु न पा का प्रबक्ता तथा वडा न ७ का वडा अध्यक्ष  रविन्द सापकोटा, सम्बन्धित शाखाका बिजया सुवेदी म्याम, शर्मिला दाहाल म्याम,  २ न  वडा का अध्यक्ष प्रदिप कर्की लगायत सवै वडाका  अध्यक्षहरुको हालको प्रमुख उदेश्य भनेको आफ्नोे क्षेत्रमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको आत्मनिर्भरता र सम्मान जनक  सरल जीवनयापनका लागि कार्यालय र स्वयम् आफ्नो तर्फबाट समेत हरसम्भब प्रयास रहेकोे पाएका छौँ ।
आगामी दिनहरूमा पनि यस्तै किसिका साथ सहयोग र तालिममा सहभागीता गराउन र आत्मनिर्भरता साथ सुर्यविनायक नगरपालिका नमुना नगरपालिका बन्न सकोस् भन्ने   अपेक्षा सहित शुभकामना राख्दछौ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको