धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्। ३० वर्षीया रीना देवी यादव माइतीघरमा मृत फेला परेकी हुन् भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार रीनाको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।

मिथिला बिहारी नगरपालिका–४, भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन ससुराली पुगेका थिए। मृतक दम्पतीका चार वर्षीय छोराको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति शङ्कास्पद देखिएको छ। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने घटनाको कारण र मृत्युको परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको