काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुवै देशबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री बालेन शाहले मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेका बेला भारतीय नवनियुक्त राजदूतले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

