काठमाडौँ । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गर्नुभएको हो।

