भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस. जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न उहाँ बस्नुभएको होटल ताज पुग्नुभएको छ।

सोमबार साँझ होटल पुग्नुभएका विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि सोमबार भारत पुग्नुभएको हो। नयाँदिल्ली विमानस्थलमा उहाँलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसहित दुवै देशका कूटनीतिक तथा सरकारी अधिकारीहरूले स्वागत गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको