काठमाडाैं । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ।
नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो २ः०८ बजे काठमाडौं प्रस्थान गर्नुभएका उहाँ ३ः३० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।
विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसहित नेपाल र भारतका कूटनीतिक प्रतिनिधि तथा वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुभएको थियो।

