काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार प्रशिक्षण कार्यक्रम संगठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्व विकासमा केन्द्रित हुनेछ ।
कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वको समेत सहभागिता रहनेछ । साथै, आगामी स्थानीय तहको निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल गरिने जनाइएको छ ।

