बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको