भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट पुष्टि भएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरिएको छ ।

सरकारले उक्त सिफारिस कार्यान्वयन गरेपछि उनीहरूलाई कानुनी रूपमा मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको