इजरायली सैनिकको आदेशपछि प्यालेस्टिनीहरूको भागाभाग
Download Cyhigv9hv8 Ljigkpmcbdoxaxkv97mzly4n8qqf7b98nv9xntm0iltycqdzta6jzbp17tnj Opvq43r9up 8zuk9b4txjnes2ufbba0veluvks08p629crctyqmuhbyjqnfjjgjizqmaus9

एजेन्सी । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफ्नो बसोबास स्थान रफाह खाली गर्न आदेश दिएपछि प्यालेस्टिनीहरूले त्यहाँबाट पलायन गर्न शुरु गरेका छन् ।

आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गर्दै भनेका छन्, “आइडिएफ यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट गर्न ठूलो शक्तिका साथ लडिरहेको छ ।” उनले थपे, “आफ्नो सुरक्षाका लागि तपाईं तुरुन्तै अल मवासीको आश्रयमा जानु पर्छ ।”

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार १ सय ८० जनाको मृत्यु भएको थियो भने २ सय ५२ इजरायली र विदेशी नागरिकहरूलाई बन्धक बनाइएको थियो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको