आजकाे माैसमः देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । आज राति मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरू र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

भोलि देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Winter Rain

August 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको