ललितपुर । बागमती गाउँपालिका–३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।
पहिरोले सडक पूर्ण रूपमा ढाकिएपछि उक्त मार्गमा यातायात आवागमन रोकिएको प्रहरीले जनाएको छ।
ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार पहिरो हटाउन उपकरण तयारी अवस्थामा छन्। तर, थप पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने काममा कठिनाइ भइरहेको छ।

