एजेन्सी । जम्मु-कश्मीरको कठुआमा सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ।
मंगलबार साँझ भएको घटनामा घाइते चारै जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। घटनापछि प्रहरीले अभिदेशलाई पक्राउ गरी प्रयोग गरिएको राइफल बरामद गरेको छ।

