आजकाे माैसमः केही क्षेत्रमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Winter Rain

August 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको