काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

September 3, 2025, Jyotishsanchar press

