आज देशभर बदली रहने

काठमाडौँ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Rain 6 Mausam

September 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको