दशैंमा माैसमसम्बन्धी विशेष बुलेटिन

काठमाडौँ । यस वर्षको बडादशैं अवधिभर देशभर मनसुनी वायुको प्रभाव जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले असोज १९ गते (त्रयोदशी) सम्म विभिन्न प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा भारी र अति भारी वर्षा हुने पूर्वानुमान गरेको हाे ।

महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली र अन्य स्थानमा आंशिक बदलीको अवस्था छ।

यस्तो छ महाशाखाको विशेष बुलेटिन
हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्नेछ । सो न्यूनचापिय प्रणालीको कारणले नेपालमा जलवाष्फयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशको खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

Winter Rain

October 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको