आठ दिन ढिलाे गरि पूर्णरुपमै बाहिरियाे यस वर्षकाे मनसुन

काठमाडौँ । यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आज यसकाे जानकारी दिएकाे हाे ।

गत असाेज १७ देखि १९ गतेसम्म अविरल वर्षा गराउँदै आजदेखि मनसुन बाहिरिएकाे हाे । सामान्यतया मनसुन बाहिरिने समय अक्टाेबर २ तारिख हाे । तर यस वर्ष असोज २४ गते अर्थात् अक्टाेबर १० तारिखमा बाहिरिएकाे छ ।

यसअघि अक्टाेबर ६ तारिखमै मनसुन आंशिकरुपमा पश्चिम नेपालबाट बाहिरिएकाे थियाे ।

560429931 1814675646108179 5938383585817679768 N

October 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको