काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
आगामी तीन दिनका लागि कुनै पनि चेतावनी छैन । पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा जल तथा माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।

October 17, 2025, Jyotishsanchar press

