आज घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला चार सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४८ हजार ४०० रुपैंयाँ कायम भएको छ।

याे हप्ता आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे थियाे । मंगलबार पाँच हजार दुई सय रुपैंयाँले बढ्याे । बुधबार प्रतिताेला नौ सय रुपैंयाँले बढेकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य भने ६० रुपैंयाँले बढेको छ। यससँगै आज चाँदी ३ हजार दुई सय ८० रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

Gold

November 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको