आज १०.४३ अंकले बढ्याे नेप्से

काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से याे हप्ता लगातार बढेसँगै आज पनि १०.४३ अंकले बढेर बन्द भएको हो ।

यससँगै परिसूचक २ हजार ६७६.०३ विन्दुमा पुगेको छ । आज शेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३१ कम्पनीको मूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ। त्यस्तै ६ कम्पनीको मूल्य आज स्थिर छ।

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४३ अंकले बढेर ४६१.६१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेर कारोबार भएको छ ।

Share

November 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको