बुधबार सुनको मूल्य बढ्याे, चाँदीकाे मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। प्रतिताेला आठ सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५४ हजार १०० रुपैंयाँ कायम भएको छ।

याे हप्ता आइतबार सुनको मूल्य १ हजार ६ सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला १ हजार ४ सय रुपैंयाँले बढेकाे थियाे । मंगलबार तीन सय रुपैंयाँले घटेकाे थियाे ।

यस्तै चाँदीको मूल्य भने आज ११० रुपैंयाँले बढेको छ। यससँगै आज चाँदी ३ हजार ६ सय ५५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे याे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

December 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको