कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, तीन नेताबीच प्रतिस्पर्धा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। दलको नेताका लागि उम्मेदवारी दर्ता र मतदान आजै सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखि समय निर्धारण गरिएको छ भने मतदान प्रक्रिया अपराह्न ५ बजेदेखि सुरु हुनेछ।

प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद रहेका छन्। दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको