आज नेप्से परिसूचक १३.५२ अंकले घट्याे

काठमाडौँ । बुधबार शेयर बजार परिसूचक नेप्से १३.५२ अंकले घटेकाे छ । यससँगै नेप्से २ हजार ६३१.१७ बिन्दुमा कायम भएको छ। याे हप्ता यस अघिका तीन कारोबार दिनमा पनि नेप्से घटेको थियो ।

आज ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने नेप्सेमा ४ अर्ब ४२ करोडमाथिको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य भने स्थिर छ।

आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा सर्वाधिक अर्थात् १.५९ प्रतिशतको सुधार भएको छ।

Nepse Down

December 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको