
April 4, 2025, Jyotishsanchar press
म्यान्मारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा गएको शक्तिशाली भूकम्पपछि नेपाली सेना राहत तथा उपचार कार्यमा खटिएको छ। भूकम्पबाट प्रभावित नागरिकहरूको उपचार तथा उद्धारमा सहयोग पुर्याउन नेपाली सेनाको विशेष टोली म्यान्मार पुगेको हो।
नेपाली सेनाले स्थानीय स्वास्थ्य केन्द्रहरूसँग समन्वय गरी घाइतेहरूको उपचार तथा अन्य आवश्यक सहयोग प्रदान गरिरहेको छ। म्यान्मार र नेपालबीचको ऐक्यबद्धता दर्शाउने यस मानवीय सहयोगलाई दुवै देशका अधिकारीहरूले सराहना गरेका छन्।

