राति रविको घरमा पुगेका डीएसपीले ‘अन्तिम इच्छा’ सोधेपछि…
Rabi Deepak Mbahcdvgjr

April 5, 2025, Jyotishsanchar press

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्न घरमै पुगेका एकजना डीएसपीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

जसमा काठमाडौँस्थित रविको घरमा पुगेका डीएसपी दीपक खड्काले रविको ‘अन्तिम इच्छा’ सोधेपछि विवाद भइरहेको छ।  

पक्राउ गर्न सिभिल ड्रेसमा पुगेका डीएसपी खड्काले ‘अन्तिम इच्छा’ पूरा गर्न दिने भनेपछि विवाद भएको थियो।

कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनलाई र्‍याखर्‍याखती पारिरहेका छन्। 

पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्नेलगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको स्पष्टीकरण दिएका थिए। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘कानुनी भाषामा ‘अन्तिम इच्छा’को के अर्थ हुन्छ? डीएसपीले रवी लामिछानेलाई पक्राउ गर्दैगर्दा अन्तिम इच्छा सोधेछन्। के अब रविलाई सिध्याउने नै तयारी हो त? जन्ता जान्न चाहान्छन्।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको